नेपालगन्ज १२ कार्तिक - काेहलपुर नगरपालिका नगर प्रमुखले प्रेस संयाेजक चयन गरेकाे बिषय विवादित बन्दै गएकाे छ । गएको असोज २७ गते बसेको कार्यपालिका बैठकले पत्रकार प्रियास्मृति ढकाललाई प्रेस संयोजकमा नियुक्त गरिएको थियो । सो निर्णय बिबादास्पद बनेको छ । विभिन्न संचार माध्यममा काम गरिरहेका पत्रकारहरुले सामाजिक संजाल मार्फत नगरप्रमुखको प्रेस संयोजक चयन गर्ने प्रक्रिया गलत भएको बताएका छन ।
काेहलपुर क्षेत्रमा स्थापनाकालदेखि हालसम्म सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मी, पत्रकारहरूलाई उपेक्षा गर्दै नेपालगञ्जमा पत्रकारिता गर्दै आएका एक पत्रकारलाई प्रेस संयाेजक चयन गरेपछि नगर प्रमुख पूर्ण प्रसाद आचार्यकाे व्यापक आलाेचना बढ्दै गईरहेकाे हाे । नगर प्रमुख आचार्यकाे प्रेस संयाेजक चयन निर्णयलाई विभिन्न क्षेत्रबाट असहमति जनाउने क्रममा काेहलपुर क्षेत्रकाे पत्रकरिता आरम्भकालदेखि हालसम्म क्रियाशील पुराना पत्रकार श्रीधर सुवेदीले सामाजिक सञ्जालमार्फत असहमति प्रकट गरेका छन् । सामाजिक सञ्जाल टिकटकमार्फत भिडियाे जारी गर्दै असहमति जनाउँदै पत्रकार सुवेदीले राेष प्रकट गरेका छन् । भिडियाेमा पत्रकार सुवेदीले भनेका छन्-" काेहलपुरकाे विकासमा महत्वपूर्ण याेगदान गरिरहेका स्थानिय सञ्चारकर्मी, पत्रकारलाई उपेक्षा गर्दै नेपालगञ्जकाे एक सञ्चार गृहमा कार्यरत र मतदाता नामावली दाङ्ग रहेका पत्रकार प्रियास्मृती ढकाललाई प्रेस संयाेजक चयन गर्ने निर्णय गलत छ ।" काेहलपुर क्षेत्रमा दक्ष, अनुभवी र जिम्मेवारी वहन गर्नसक्ने क्षमतावान पत्रकार, सञ्चारकर्मी हुँदा हुँदै पत्रकार ढकाललाई प्रेस संयाेजक चयन गरिनु गलत निर्णय भएकाे पत्रकार सुवेदीकाे धारणा छ ।