कञ्चनपुर २ मा समाजवादीका चुनावी कमाण्डर केसी

शाख न्यूज    प्रकाशित: २०७९-६-२९ गते   ३९५ पटक हेरिएको

महेन्द्रनगर २९ असोज - कञ्चनपुर निर्वाचन क्षेत्र २ मा नेकपा एकीकृत समाजवादीले सुरेन्द्र केसीका नेतृत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । समाजवादीका सुदूरपश्चिम इन्चार्ज गरिमा शाहको प्रमुख आतिथ्यमा बैठक गरी परिचालन लगायतका समिति गठन गरिएका छन् ।

समावादीका नेता वीर बहादुर बुढाथोकी संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । उनी प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार छन् ।

समाजवादीले हरिराम चौधरीलाई आर्थिक परिचालन, प्रज्ज्वल कुवरलाई युवा विद्यार्थी र सृजना भण्डारीलाई महिला परिचालन समितिको संयोजक बनाएको छ ।

बैठकमा इन्चार्ज शाह सहित स्थायी कमिटी सदस्य उर्वा दत्त पन्त, प्रदेश कमिटी अध्यक्ष हर्क बहादुर सिंह, केन्द्रिय कमिटी सदस्य एवम् प्रदेश सभा २(ख) का उम्मेदवार लाल बहादुर खडका लगायतका सहभागी भएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech