कन्या माध्यमिक विद्यालयमा १ महिने निःशुल्क कराँते तालिम संचालन

शाख न्यूज    प्रकाशित: २०७९-६-१० गते   ४७१ पटक हेरिएको

नेपालगन्ज १० असोज - छात्राहरूको शारीरिक विकास र आत्मसुरक्षाका लागि नेपालगन्ज उप महानगरपालिका वडा नं. ४ को सहयोगमा कन्या माध्यमिक विद्यालयमा १ महिने निःशुल्क कराँते तालिम संचालन गरिएको छ । तालिमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले यस्ता तालिमले समाजमा किशोरीमाथी भइरहेको घटनालाई रोक्न स्वास्थ्य तन्दुरूस्त राख्नका लागि सहयोग पुर्‍याउने बताए। 
‘देशमा विभिन्न घटना घटेका कारण त्यसमा बालबालिकालाई सचेत गराउन र कसैले आक्रमण गर्न खोजे तत्कालै प्रतिकार गरी बच्न सकुन् भन्ने लक्ष्यका साथ तालिम संचालन गरिएको  पुनले बताएका छन। सो तालिममा झण्डै ३० जना सहभागीता रहेको छ । नेपालगंजको कन्या माध्यमिक विद्यालय
सल्यानी बागका विद्यार्थीलाई लक्षित गरि निःशुल्क तालिम सुरु गरिएको छ । छात्राहरूको शारीरिक विकास र आत्मसुरक्षाका लागि १ महिने निःशुल्क कराँते तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष गोपाल पुन , अभिभावक संघका अध्यक्ष रहिस हलुवाइ, विद्यालय व्यवस्थापन समितिका सदस्य नाजमा हलुवाई, प्रशिक्षक सकिल राई, प्रशिक्षक साना राई लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech