नेपालगन्ज १५ साउन - बाँकेको खजुरा गाँउपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतले कार्यभार सम्हालेका छन् । जिल्ला निर्वाचन कार्यालय जाजरकोटबाट सरुवा भई आएका नृपराज उपाध्यायले खजुरा गाउँपालिकामा कार्यभार सम्हालेका हुन् । आईतबार एक कार्यक्रमकाबीच प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई स्वागत गरेका छन्। सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. र उपाध्यक्ष मन्जु मल्ल लगायत अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुले स्वागत गरेका थिए ।
अनुशाशीत, इमानदारीताका साथ बिकास निर्माणमा तथा सेवाग्राहीलाई चुस्त र दुरुस्त, छिटोछरितो रूपमा सेवा प्रदान गर्ने उपाध्यायले जानकारी दिएका छन । अध्यक्ष बि.क.को प्रमुख आतिथ्यमा सम्पन्न स्वागत कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । खजुरामा कार्यरत रहेका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी दैलेखको गुँरास गाउँपालिकामा सरुवा भई गएपछि आज हाजिर हुन खजुरा गाउँपालिकामा उपाध्याय आएका हुन।