नेपालगन्ज १३ साउन - ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक थुनुवा महिलामाथि करणी प्रयास गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । बहुविवाह मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी महिलालाई करणी प्रयास गरेको आरोपमा असई प्रविण चौलागाईलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए ।
‘पीडित महिलाको जाहेरी कुरिरहेका छौं, आरोपित हाम्रो नियन्त्रणमा छन्,’ उनले भने ।
हिरासत कक्षमा रहेकी ती महिलालाई असई चौलागाईंले सोधपुछ गर्नु छ भन्दै बोलाएर करणी प्रयास गरेको आरोप लगाइएको छ ।