उपप्रमुख जोशीद्वारा महिला कर्मचारीहरुलाई हरियो चुरा वितरण

शाख न्यूज    प्रकाशित: २०७९-४-२ गते   ५१० पटक हेरिएको

कंचनपुर ०२ असार  - विशेषगरि भगवान शिवजीलाई जल चढाउने महिनाको रुपमा चिनिने साउन महिनामा महिलाहरुले हरियो चुरा, पोते र मेहन्दीहरु लगाएर सजिने गरेका छन् । 
साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरु एकले अर्कालाई उपहार पनि दिने चलन रहेको छ ।
त्यस्तै कंचनपुरको बेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले साउन महिनाको प्रथम सोमबारका दिन पालिकामा कार्यरत महिला कर्मचारीहरुलाई हरियो चुरा वितरण गरेकी छिन । 
नेपाली काँग्रेस बेदकोटनगरका युवा नेता पारसमणी जोशीले उप प्रमुख जोशीले पालिकामा कार्यरत महिला कर्मचारीसंग प्रेम र सुहागको प्रतिक हरियो चुरा प्रदान गर्दै महिला कर्मचारीहरुको उत्साहलाई बढाएको बताएका छन । उप प्रमुख जोशीले आफ्नै कार्यकक्षमा महिला कर्मचारीहरुलाइ हरियो चुरा वितरण गरिएको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech