आईतबार नेपालगञ्ज १२ को वडा भेला सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-३-१२ गते   ४३९ पटक हेरिएको

नेपालगञ्ज १२ असार —  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ को वडा भेला सम्पन्न भएको छ । 
वडाबासीबाट आर्थिक वर्ष ०७९ —  ८० को विकास योजना माग गर्ने उद्देश्यले आयोजना गरिएको वडा भेलामा वडाबासीहरुले सडक, विजुली वत्ती, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका योजना माग गरेका छन् । वडाबासीले सानिमा बैंकदेखि मीना शर्माको घरसम्म सडक नालामा ढक्कन हाल्न र नाला सफाईका लागि बजेट माग गरेका छन् । यस्तै कम्बरसा बाबादेखि बाचे किशोर चिडिमारसम्मको बाटो निर्माणको माग समेत वडाबासीको छ । वडाबासीले बेलासपुर स्कूललाई माविसम्म बनाउन पनि माग गरेका छन् ।
स्थानीयबासीले उठाएका मागहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयनमा लैजाने वडा अध्यक्ष तरुण बज्राचार्यले बताएका छन । सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, मन्दिर लगायत सार्बजनिक जग्गाको संरक्षण, सीप विकास कार्यक्रम सञ्चालन, कृषिको लागि प्रोत्साहित गर्ने र आत्मनिर्भर गराउने कार्यक्रम, फ्रि(वाईफाई, बृक्षारोपण अभियान थाल्ने  लगायत योजनाका साथ वडा अघि बढ्ने बज्राचार्यले बताएका छन् । 
भेलामा नेपाली काँग्रेस बाँके प्रदेश २ ख का सभापति कैलाश हमाल, काँग्रेसका जिल्ला सदस्य अमृत आचार्य, कांग्रेसका बुथ सभापति रामु चिडिमार, एमालेका जनकराम भण्डारी, जेष्ठ नागरिक संजालका अध्यक्ष अजितकुमार शर्मा, आमा समूहका अध्यक्ष मीना शर्मा, अपाङ्गता समूहका अध्यक्ष सुरज थापा लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech