कंचनपुर १२ असार — कृषि विकास शाखा बेदकोट नगरपालिकाद्वारा ३ दिने बेमौसमी तरकारी वाली उत्पादन तालिम सुरु भएको छ । आइतबार देखि असार १४ गते मंगलबार सम्म उक्त तालिम बेदकोट नगर कृषि शाखा सुडाको हलमा हुने भएको छ ।
बेदकोट नरपालिका वडा नं. ७ का वडा अध्यक्ष थानेश्वर प्रशाद भट्टको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा प्रमुख अतिथीमा रहेका थिए भने बिशिष्ट अतिथी बेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशी रहेकी थिईन ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै बेदकोट नरपालिका प्रमुख भोजराज बोहराले व्यवशायीक बन्न चाहने कृषकहरुका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताएका छन । कृषकको पक्षमा नगरपालिका रहेको हुनाले तालिममा सिकेका कुरालाई व्यवाहारमा उतार्न र व्यवशायीक कृषक बन्न प्रमुख भोजराज बोहराले आग्रह गरेका छन ।
प्रशिक्षार्थीहरुलाई बेमौसमी तरकारी वाली उत्पादनका लागि आवश्यक पर्ने आधारभूत ज्ञान र सीपहरु प्रदान गरिने तथा आर्थिक लाभ पनि प्राप्त गरिने बेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले बताईन ।
उक्त तालिममा बिभिन्न समुदायका महिला पुरुषहरुको सहभागिता रहेको थियो ।