नरैनापुरले ल्यायो ५१ करोडको बजेट

शाख न्यूज    प्रकाशित: २०७९-३-११ गते   २८० पटक हेरिएको

बाँके ११ असार - नरैनापुर गाउँपालिकाले ५१ करोड १० लाखको अनुमानित बजेट पारित गरेको छ । आज ११औं गाउँसभामा प्रस्तुत उक्त बजेट सर्वसम्मतिले पारित भएको हो । बजेट अघि आर्थिक वर्ष २०७९ - ८० को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरिएको थियो  ।
गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले गाउँसभामा आगामी आर्थिक वर्षको लागि ५१ करोड १० लाखको बजेट प्रस्तुत गरेका थिए । बजेट तथा नीति कार्यक्रमलाई गाउँसभाले सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखिएको अध्यक्ष शाहले बताए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech