नन्दनी मिल प्राङ्गणबाट अवैध दाल र चिनी बरामद

शाख न्यूज    प्रकाशित: २०७९-३-१० गते   २८६ पटक हेरिएको

नेपालगन्ज १० असार -  भारतबाट भन्सार छली गरेर ल्याइएको ठूलो परिमाणमा प्रहरीले अवैध चिनी बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी बाँकेको बिशेष अनुसन्धान टोलीले गएराती नेपालगन्ज वडा नम्बर १ स्थित नन्दनी मिलको प्राङ्गणमा भण्डारण गरिएको ठूलो परिमाणमा ५२० बोरा अवैध चिनी र ५१ बोरा दाल बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएको चिनीको मुल्य १८ लाख २० हजार र दालको मुल्य १ लाख ७ हजार रुपैयाँ रहेको छ । बरामद गरिएको १९ लाख २७ हजार रुपैयाँ बराबरका ५२० बोरा चिनी र ५१ बोरा दाललाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech