धरमपुरमा लागू औषध दुर्व्यसन तथा मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-३-१० गते   ६२६ पटक हेरिएको

महेन्द्रनगर १० असार - जिल्ला प्रहरी कार्यालय कंचनपुरको साझेदारीमा महिला बालबालिका तथा जेष्ठ नागरिक बेदकोट शाखा द्वारा लागू औषध दुर्व्यसन तथा मदिरा नियन्त्रण सम्बन्धि १ दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम श्री सरस्वती माध्यमिक विद्यालय बेदकोट नगरपालिका वडा नं. ०५ धरमपुरमा संचालन भएको थियो । आजभोलि हाम्रो घर, टोल, गाउँ, शहरमा लागु औषध दुर्ब्यसन तथा मदिरा बिक्रिवितरणको समस्या दिनानुदिन बढिरहेको छ । बिशेष गरि किशोर किशोरी, बिद्यालय तथा कलेजका बिद्यार्थीहरु बढि यसबाट प्रभाबित हुन पुगिरहेका छन् । देशका भविष्य मानिएका बिद्यार्थी तथा किशोर किशोरीहरु लागु औषध प्रयोगमा र मदिरा सेवनका लागि  रकम जुटाउन चोरी, कुटपिट, डकैति, लुटपाट, हत्याहिंसा समेत गर्न पछि पर्दैनन् । अर्कोतर्फ लागु औषध प्रयोगकर्ताहरुको स्वास्थ्य कमजोर हुदैजाने भएकाले यसवाट ब्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै ठुलो क्षति भईरहेको हुनाले यसलाई निर्मुल पार्नका लागि सबैले  सहयोग आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका इन्सपेक्टर भरत गिरिले बताएका छन । लागु पदार्थको दुर्व्यसन तथा मदिरा सेवनले मानिसको शारिरिक तथा मानसिक दुर्वलता ल्याउनुको साथै मस्ितष्क मुटु र फोक्सोजस्ता संवेदनशील अंगहरुमा  आघात असर पारी अपांग समेत बनाउने भएकाले यसलाई नियन्त्रण गर्नमा विद्यार्थीहरु एकताबद्द ढंगले लाग्नु पर्ने इन्सपेक्टर गिरिले बताएका छन । लागु औषधको दुर्व्यसन तथा मदिराको नसामा कुनैपनि व्यक्तिलाई फस्न नदिन वा त्यसबाट टाढा रहन , बच्न बचाउन तथा नियन्त्रण गर्नमा  किशोर , किशोरी, अभिभावक लगायत सरोकारवाला हरुको महत्वपुर्ण र पहिलो भुमिका रहको समेत बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले बताएका छन। लागु औषधका कारण ब्यक्ति, परिवार र समाजमा ठुलो असर पार्दै आएको तथा घरेलु हिंसाको एक प्रमुख कारण दुब्र्यसन रही आएको छ  साथै बाल दुब्र्यबहार र बाल यौन शोषणका घटना पछाडि र्दुब्र्यसन एक प्रमुख कारण रहेको उपप्रमुख तुलसी जोशीले बताईन । किशोर किशोरी र अभिभावक(सरोकार वाला)हरुलाई लागू औषध दुर्व्यसन तथा मदिरा नियन्त्रण सम्बन्धि कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी , अभिभावक लगायत बुद्धिजीवी , समाजसेवी तथा सरोकारवाला , प्रहरीहरु समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक बेदकोट शाखाका शुनिता भट्टले गरेकी थिइन् । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech