दिगो विकासका अवधारणालाई पुरा गर्न सुशासन र पादर्शितालाई अवलम्बन गरिने

शाख न्यूज    प्रकाशित: २०७९-३-१० गते   २९६ पटक हेरिएको

बाँके -  खजुरा गाउँपालिकाकाे ११ औं अधिबेशन बिहीवार  गाेदाबारी कटेज खजुरामा भएको थियो । खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । छलफल पछि खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक ( तुफान) ले विभिन्न किसिमका बिकास निर्माणका योजना तथा स्थानीयवासिहरुको जीवन सुधार गर्न तथा भौतिक विकास र आर्थिक समृद्धिको अपेक्षा पुरा गर्न सुशासन कायम गर्दै अघि बढ्ने संकल्प सहितको निति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरिएको थियो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पशु, स्वास्थ्य, वन वातावरण खानेपानी तथा सरसफाई, भौतिक पुर्वाधार, महिला बालबालिका तथा समाजकल्याण, उद्योग, वाणिज्य तथा रोजगार तथा पर्यटन, विपद व्यवस्थापन लगायतका क्षेत्रको विकासका लागि निति तथा कार्यक्रममा आवश्यक निति अबलम्बन गरिएको छ ।

सुशासन र पादर्शितालाई अवलम्बन गर्दै दिगो विकासका अवधारणालाई पुरा गरिने, पालिकाको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि स्वास्थ्य सबै नीतिहरुमा लागु गर्दै स्वावलम्बी प्रतिष्पर्धी र स्वस्थ खजुरेली नागरीक उत्पादनमा जोडदिने , पालिकाको आर्थिक समृद्धि तथा गरिवी निवारणमा ठोस योगदान पुर्याउने, खजुरेली जनताको जीवनस्तर, आम्दानी र रोजगारी ले मुर्त रुप प्राप्त गर्ने,महिला बालबालिका मधेशी मुस्लिम तथा पिछडिएका क्षेत्रको जीवनस्तरमा आमुल परिवर्तका लागि प्रभावकारी बन्ने , खजुराको विभिन्न भाषा कला संस्कृतिको संरक्षण तथा सम्मवर्द्धन गर्दै सामाजिक सद्भावलाई मजबुत गराउने, जनताको जीवनस्तर अभिवृद्धि गर्न उत्पादनशिल तथा रोजगारमुलक क्षेत्रमा लगानीको वातावरणलाई ठोस रुप दिने गाउँपालिका भित्र हुने आर्थिक कारोवारहरुमा आर्थिक अनुशासन कायम गरिनुका साथै कार्यसम्पादनलाई छिटोछरीतो पारदर्शि गुणस्तरी प्रविधिमैत्री बनाउदै भ्रष्टाचारको शून्य सहनशिलताको नीति लिइनेछ ।जनताले स्वामीत्त्व ग्रहण नगरे सम्म विकास दिगो र प्रभावकारी हुन सक्दैनन तसर्थ पालिका क्षेत्र भित्र बुद्धिजीवि सामाजिक अगुवा तथा टोल विकास संस्थालाई विकासको आधारस्तम्भका रुपमा परीचालित गरिने

छ । पालिकाको आन्तरीक स्रोतको परीचालनबाट पालिकाको वित्तिय सवलिकरण र आर्थिक स्वामित्व कायम गरिनुका साथै पालिकाको वित्तिय पक्षलाई समग्र आर्थिक समृद्विको मूल आधार बनाइने छ । गाउँपालिका प्रहरीको भर्ना गरी पालिकाको सुरक्षा तथा व्यवस्थापन लाई सुदृढ गरिने , लैङगिक समानता तथा सामाजिक समावेशिकरण नीति, लक्षित वर्ग,गरिविको रेखामुनी रहेका परिवारहरु, महिला, युवा, बालबालिका ,मधेशि, मुस्लिम सिमान्तकृत तथा अल्पसंख्यकसमुदायलाई चेतना अभिवृद्धि गर्ने , न्यायिक समिति सम्वन्धि, महिला तथा बालबालिकाहरुको उचित पोषण स्वास्थ्य र शिक्षाको व्यवस्था सम्बन्धि , किशोरकिशोरी मैत्री गरिव तथा लैङगिक मैत्री पिछडिएका जनता मैत्री र वातावरण मैत्री सुशासन व्यवस्था लागु गरिने ,  भुमिहिन दलित सुकुम्वासी र अल्पसंख्यक समुदायद्वारा स्थापित सहकारी संस्थाहरु मार्फत सञ्चालन हुने कृषि पशुपालन तरकारी खेती ग्रामिण उद्येमकर्जा दिने संघिय सरकारको कार्यक्रममा थप सुविधा दिइ लागु गरिने मानखोला र किरन नालामा शव अन्त्यष्टिका लागि घाटको व्यवस्थापन गरिने , निर्माण सेवा, व्यवसाय, उद्योग, कृषि लगायतका क्षेत्र तथा रोजगारदाताहरु सँग समन्वयगरि रोजगार प्रदान गर्न सहजिकरण गर्ने व्यवस्था उपलब्ध गरिने , करका दर हरु लाई निश्चित विन्दुमा राखि दायरा विस्तार गर्दै अगाडी बढिने , वन पैदावार, कृषिजन्य उत्पादन, पशुजन्य उत्पादनको निकासी पैठारीलाई करकाे दायरमा ल्याइने लगायतका नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष बिकले  प्रस्तुत गरेका थिए ।  छलफल पछि प्रस्तुत गरिएको  आ.व २०७९/८०काे नीति तथा कार्यक्रम बहुमतका साथ पारित भएकाे छ। साथै सोही स्थानमा अधिवेशन मिति २०७९/३/१० (शुक्रबार) गते बिहान ८ बजे पुन संचालन हुने जानकारी अध्यक्ष बिकले दिएका छन । निति तथा कार्यक्रममा सार्वजनिक सेवालाई सरल, सहज, सुलभ र पारदर्शी बनाउने नीति लिने, एकिकृत कार्यालय व्यवस्थापन प्रणालीअपनाउने , संघीय सरकारको नीति अनुरूप कर्मचारीहरुको वृत्ति विकास गरी उच्च मनोबलका साथ काम गर्न प्रोत्साहित गरिने जनाएका छन । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech