कंचनपुर ०५ असार - शुक्लाफाँटा नगरपालिका वडा नंं. १० झलारीमा मानव अधिकारका लागि एकल महिला समूह कंचनपुरले शनिवार नव निर्वाचित र निवर्तमान महिला जनप्रतिनिधि विच छलफल कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नव निर्वाचित महिला जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।
एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरिने कुरामा जोड दिँँदै समाजमा पछाडी पारिएका महिलाको जीवनस्तर माथि उकास्नका लागि कार्यक्रमहरुको आयोजना गर्ने शुक्लाफाँटा नगरपालिकाका उप प्रमुख कल्पना पन्तले बताएकी छिन ।
मानव अधिकारका लागि एकल महिला समुहका अध्यक्ष जानकी जोशीले एकल महिलाको अधिकारका लागि नगरपालिका स्तरीय सञ्जाल देखि वडा वडामा समिति समुह गठन गरी सशक्त पार्ने कार्य गरिएको बताएकी हुन । एकल महिलाको आय आर्जनका लागि कार्यक्रम सञ्चालन गरिएको हो उनले भनिन् ।
जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य विमला सार्कि, कार्यपालिका सदस्य भुमा चन्द, मानव अधिकारका लागि महिला एकल महिला समुहका कार्यक्रम सञ्चालक विर बहादुर नेपाली लगायतले कार्यक्रममा बोलेका थिए ।
रमा पन्तले कार्यक्रमको सञ्चालन गरेकी थिइन । उक्त कार्यक्रममा जनप्रतिनिधि महिलाहरु, एकलमहिला , कार्यपालिका सदस्य , वडा सदस्यहरु , समाजसेवी , बुद्धिजीवी लगायतको उपस्थिति थियो ।