बेदकोट - २ को आयोजनामा मण्टेश्वोरी तालीम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-३-३ गते   ४७१ पटक हेरिएको

कंचनपुर ०३ असार - कंचनपुर स्थित बेदकोट नगरपालिका वडा नंं.२ को आयोजनामा शुक्रबार मण्टेश्वोरी तालिम सम्पन्न भएको छ त्यस्का साथै सहभागीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको छ । उक्त कार्यक्रममा बोल्दै शिक्षाको क्षेत्रमा मण्टेश्वोरी जग भएकोले सो जगलाई प्रभाकारी तथा बलियो रुपमा अझै स्थापित गर्न आफू कटिबद्ध भएर लाग्ने  नगरपालिकाका उपप्रमुख तुलसी जोशी बाताएकी हुन । उनले आगामी दिनमा पनि अन्य विभिन्न किसिमका मण्टेश्वोरी सम्बन्धि ब्यक्तित्व बिकास तथा क्षमता अभिबृद्धिका कार्यक्रमहरु गर्न आफू सदैव निरन्तररुपमा लाग्ने बताएकि छिन । उक्त कार्यक्रममा बेदकोट नगरपालिका वडा न २ का वडा अध्यक्ष , सदस्य , कर्मचारी , प्रशिक्षक लगायत प्रशिक्षार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech