आफ्नै ठुलो बुवाद्वारा किशोरी बलात्कृत

शाख न्यूज    प्रकाशित: २०७९-२-२७ गते   २४४ पटक हेरिएको

बर्दिया, २७ जेठ - बर्दियाकि २१ वर्षीया किशोरी आफ्नै ठूलो बुबा नाता पर्ने व्यक्तिबाट बलात्कृत भएकी छन् । मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेपछि घटना खुलेको हो ।
ठूलोबुबाले ती किशोरीलाई खेतबारीमा जबरजस्ती करणी तथा हाडनाता करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राख्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech