उपाध्यक्षमा नेकपा एमालेका राजकला सार्की विजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-४ गते   ३९० पटक हेरिएको

बाजुरा ०४ जेठ - हिमाली गाउँपालिका बाजुराको अध्यक्षमा नेपाली नेपाली काँग्रेसका गोविन्द बहादुर मल्ल विजयी भएका छन् । उनले नेकपा एमालेका अज बहादुर मल्ल लाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा दोस्रोपटक विजयी भएका हुन्। विजयी भएका अध्यक्ष मल्ल  र पराजित बनेका मल्लले ०७४ को निर्वाचनमा समेत गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।
यस पटकको निर्वाचनमा समेत सो गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष गोविन्द मल्ललाई नै उम्मेदवार बनाएको थियो भने एमालेले पनि ०७४ को निर्वाचनमा पराजित बनेका अज बहादुर मल्ललाई अध्यक्षमा उम्मेदवार बनाएको थियो ।
त्यसै गरी उपाध्यक्षमा नेकपा एमालेका राजकला सार्की विजयी भएकी छन् । उनले नेपाली काँग्रेसकी कमला रावत लाइ पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । यस अघि ०७४ को निर्वाचनमा भने उनी पराजित बने कि थिइन् ।
सार्कीले २३६७ मत ल्याएर गाउँ पालिका उपाध्यक्ष निर्वाचित भएकी हुन भने नेपाली काँग्रेसबाट कमला राउत २२८६ मत ल्याएर पराजित भएकी हुन । (साभार: थाहाअनलाईनबाट)

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech