कंचनपुर ०३ जेठ - बेदकोट नगरपालिका वडा न ३ कंचनपुरमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन । वडा अध्यक्ष मोहन गुर्धामी लगायत नेपाली काङ्ग्रेस प्यानल सहित विजयी भएका हुन । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शेर बहादुर रानालाई ६२ मतको अन्तरले पराजित गर्दै गुर्धामि विजयी भएका हुन । साथै उनले सम्पुर्ण वडावासीको हकहितका लागि सदैव तयार रहने प्रतिबद्धता समेत गरेका छन । त्यस्तै गरि वडा नंं. १ मा रमेश सिह भण्डारी वडा न ४ मा नरेन्द्र बहादुर बोहरा निर्वाचित भईसकेका छन ।