ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेपाली बिजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-३ गते   ६२९ पटक हेरिएको

बागलुङ ०३ जेठ - बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली पुनः विजयी भएका छन ।
संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्यकालको लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
नेपालीले ५ हजार ७ सय ३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १ सय ३५मत प्राप्त गरेका थिए । नगरपालिकाको उपमेयरमा पाँच दलीय गठबन्धनका धनबहादुर कायत विजयी भएका छन । नेपाली काँग्रेसका कायतले ५ हजार ६५० मत प्राप्त गरेका थिए  । उपमेयरमा राष्ट्रिय जनमोर्चा (विद्रोही समहु)का ताराकुमारी पुनले ४ हजार ४८४ मत प्राप्त गरिन । पुनले नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका हुन  ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech