कैलाली ०२ जेठ - कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका यज्ञ बहादुर महरा प्यानल सहित विजयी भएका छन् । महरा आफ्ना प्रतिष्पर्धी नेकपा एमालेका कृष्णराज जोशीलाई ४०४ मतले पछी पार्दै विजयी भएका हुन् । वडा नम्बर २ मा कुल ३२५९मत खसेकोमा महराले १२०९ मत पाए भने जोशी ८०५ मतमा सिमित रहे । त्यस्तै नेकपा माओवादीका धर्मसिहं कुँवरले ३९९ मत पाँउदा राप्रपाका उम्मेदवार शेर बहादुर शाहिले २३० र विवेकशिल साझाका शुकदेव सिंहले १७३ मत पाएका छन् ।