टीकापुर नगरपालिका–१ को वडाध्यक्षमा  युवा नेता दाहालको उम्मेदवारी घोषणा

शाख न्यूज    प्रकाशित: २०७९-१-६ गते   ९४२ पटक हेरिएको

कैलाली ०६ बैशाख – राप्रपा नेपालका केन्द्रीय सदस्य पुरु दाहालले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
कैलालीको टीकापुर नगरपालिका–१ को वडाध्यक्षमा उनले उम्मेदवारी घोषणा गरेका हुन् । युवा नेता दाहालले समृद्ध वडा निर्माणका लागि आफूले वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।
‘वडा विकासका लागि हामीजस्ता जागरुक युवाहरूको खाँचो छ,’ उनले भने, ‘अबको नेतृत्व युवा पिढीको हातमा हुनुपर्छ ।’ उनले वडामा कृषि, रोजगार, भौतिक पुर्वाधार, खानेपानी, शिक्षालगायत समग्र विकासका लागि आफू अहोरात्र खटिने प्रतिबद्धता जनाएका छन् ।
दाहाल सामाजिक काममा सक्रिय भएका कारण आफ्नो क्षेत्र र समाजमाझ लोकप्रिय छन् । आफ्नो क्षेत्रका हरेक गतिविधिमा प्रत्यक्षरुपमा सरिक हुँदै विकास निर्माण तथा सामाजिक सद्भावलाई खलबलिन नदिई स्मार्ट वडाको परिकल्पना सहितको सुन्दर, शान्त र समृद्धिका निम्ति आफ्नो उम्मेदवारी रहेको बताएका पनि छन् ।
आफ्नो वडालाई सुक्ष्म रुपमा बुझेका दाहालले वडालाई कैलालीकै नमूना वडा निर्माण गर्ने योजना बनाएको बताउदै वडाबासीले आफुलाई विजयी गराउनेमा कुनै शंका नरहेको उनीले बताएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech