शुक्रबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

शाख न्यूज    प्रकाशित: २०७८-१२-११ गते   ४४६ पटक हेरिएको

कञ्चनपुर ११ चैत – शुक्रबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायको होलीपछिको खख्डेहरा पर्वको अवसरमा आज बिदा दिएको हो। कैलाली र कञ्चनपुरमा मात्रै बसोवास रहेका रानाथारू समेदायले  आज धुमधामका  साथ खख्डेहरा पर्व मनाई रहेका छन् । सरकारले रानाथारू जातिले मनाउने पर्वको दिनमा सरकारले विदा दिएकाले राना समुदायको सम्मान भएको बताएका छन् । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो। राना थारु समुदायमा होलीपछिको खख्डेहरा पर्व महत्वपूर्ण मानिन्छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech