इलाका प्रहरी कार्यालय कोहलपुरद्वारा चितुवाको छालासहित तीन जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०७८-११-१६ गते   ३४० पटक हेरिएको

नेपालगन्ज - इलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । चितुवाको छाला ल्याएर बिक्री वितरण हुँदैछ भन्ने विशेष सूचनाका आधारमा गएको इलाका प्रहरी कोहलपुरको टोलीले बैजनाथ गाउँपालिका ५ गायत्री टोलीबाट एक थान चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । जिल्ला प्रहरी बाँकेका अनुसार चितुवाको छालसहित पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-५ का  २८ बर्षीय याम बहादुर बिश्वकर्मा, मधुवन नगरपालिका ४ बर्दियाका ३० बर्षीय आकाश परियार र सोही नगरपालिका ९ का ५४ बर्षीय लाल बहादुर विश्वकर्मा रहेका छन् । आइतबार साँझ पक्राउ परेका उनीहरुलाई हिरासतमा लिएर बन्यजन्तु ऐन अन्तर्गत् थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech