भेरीगंगा डेण्टलको छुट सुविधाबाट दैनिक सयौले सेवा पाएको संचालकको दावी

शाख न्यूज    प्रकाशित: २०७८-१०-१५ गते   ९६६ पटक हेरिएको

भेरीगंगा १५ माघ – कर्णाली प्रदेशको प्रवेशद्धार भेरीगंगाको छिन्चुबजारमा संचालित यस क्षेत्रको पहिलो र डेण्टल सेवा दिदै आएको एकमात्र भेरीगंगा डेण्टलले उपचार सेवामा २५ प्रतिशत छुट सूरु गरेको छ । आर्थिक अभावका कारण दाँत तथा मुखका रोगीहरु वञ्चित हुन नदिन डेण्टलले माघ महिनादेखि सबै प्रकारका उपचारमा २५ प्रतिशत छुट गरेको जनाएको छ ।

पुर्वी सुर्खेतको सुविधासम्पन्न र उत्कृष्ट चिकित्सा सुविधासहित संचालनमा आएको भेरीगंगा डेण्टलको छुट सुविधाबाट दैनिक सयौले सेवा पाएको संचालकको दावी रहेको छ । औषधी, उपचार, चेकजाँचमा २५ प्रतिशत छुट माघ महिनाभर रहने संचालक डा. विवेक झाले बताए । कर्णाली प्रदेशमै पहिलो पटक दन्त चिकित्सक डाक्टर र अत्याधुनिक प्रविधिसहित भेरीगंगा डेन्टल संचालनमा आएको छ । भेरीगंगा १२ छिन्चुस्थित शारदा माबिको नँया भवनबाट संचालित डेण्टलले कर्णाली प्रदेशका आधा दर्जन जिल्लाका बिरामीलाई सेवा दिदै आएको छ । कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लाका दाँत र मुखका बिरामीहरुका लागि डेण्टल संचालनमा आएको भेरीगंगा डेन्टलका डा. झाले जानकारी दिनुभयो । कर्णालीका दाँत र मुखका विरामीहरु अव उपचारका लागि नेपालगन्ज, काठमाण्डौ र भारतका शहरमा जानु पर्ने बाध्यता टरेको छ ।

कर्णाली प्रदेशमै आधुनिक प्रविधि, अनुभवी चिकित्सक र प्राविधिमैत्री व्यवस्थापनका साथ संचालनमा आएको डेन्टल संचालकहरुको दावी छ । डेन्टल संचालन यता कर्णाली प्रदेशका हिमाली र पहाडी जिल्लाका बिरामीका लागि भरपर्दों, सर्वसुलभ र सस्तोमा सेवा दिएको सेवाग्राहीहरुको भनाई छ । डेन्टल अस्पतालबाट २४ सै घण्टा आकस्मिक सेवा र मुख तथा दन्त सम्बन्धी सम्पुर्ण सेवा प्रदान गर्दै आएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech