जयसपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०७८-१०-१४ गते   ३९८ पटक हेरिएको

नेपालगन्ज - सिमा प्रहरी चौकी जयसपुर नेपालगन्जका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार सिंहले लागूऔषध कारोबारीलाई धमाधम पक्राउ गर्दै आएका छन् ।  लागूऔषध कारोबारीहरुलाई पक्राउ गर्दै जाने क्रममा फेरि जयसपुरबाट उनको टोलीले  ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । जयसपुर प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक राजकुमार सिंहको कमान्डमा खटिएको टोली र लागूऔषध नियन्त्रणमा व्युरोको टोलीले नेपालगन्ज १६ जयसपुर चोकबाट सोही स्थानका २४ बर्षीय अस्फाक अन्सारीलाई १९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरी नायब निरीक्षक सिंहको टोलीले गएराती पौने ९ बजे शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा अन्सारीको साथबाट १९ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । पक्राउ परेका अन्सारीसँँग लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ । स्मरणरहोस: जयसपुर प्रहरी प्रमुख सिंहको कमान्डको टोलीले केही दिन अघि मात्र ब्राउनसुगर र पौने २ लाख रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech