नेपालगन्ज ०८ साउन - भेरी अस्पताल नेपालगन्जका एक जना कर्मचारी रगेहात घुस लिंदा लिंदै पक्राउ परेका छन् । भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अपरेटर अरुण कुमार खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैया नगद सहित पक्राउ परेका हुन् । सामान किनेको कमिसन खाने क्रममा खनाललाई अख्तियार अनुसन्धान आयोग नेपालगन्जले पक्राउ गरेको अन्तियार अनुसन्धान आयोग नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी गराउनुभयो ।