अन्डर -१४ फुटबल प्रतियोगितामा सोमबार पशुपति र नेपालगन्ज मोडेल फाइनलमा

शाख न्यूज    प्रकाशित: २०७८-८-२० गते   ४७४ पटक हेरिएको

नेपालगन्ज २० मंसिर - निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल , प्याब्सन नेपालगन्ज बाँकेको आयोजनामा नेपालगन्ज रंगशालामा शुक्रबार देखि प्रथम प्याब्सन नेपालगन्ज अन्डर -१४ फुटबल प्रतियोगितमा पशुपति र नेपालगन्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज रंगशालामा भएको  पहिलो खेलमा पशुपति इङलिस मिडियम स्कुल र स्टार फ्युचर एकेडेमी  भिडेका थिए ।  पशुपतिका तर्फ बाट आयुस बुढाथोकी , देवा रोकाय , इशान सिंह बिक १/१ गरि ३ गोल गरेका थिए त्यसैगरी स्टार फ्युचरका तर्फबाट मुहान कामिले १, मिशन रोकायले १ गरि २ गोल गरेका थिए । जसले गर्दा ३-२ का अन्तरले पशुपति इङलिस मिडियम स्कुल बिजय भएको हो । दोस्रो खेलमा नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ बिद्या निकेतन बिच भएको थियोे । नेपालगन्ज मोडेल एकेडेमीका तर्फबाट रुपेश बोहराले १ गोल गरेका थिए । जस्ले गर्दा १-० का अन्तर नेपालगन्ज मोडेल एकेडेमी बिजय भएको निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल , प्याब्सन नेपालगन्ज नगर कमिटी बाँकेका अध्यक्ष बिकास बज्राचार्यले जानकारी दिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech