काठमाडौं १८ माघ - गहतराज सञ्जालको राजधानी समन्वयन समितिले नेपालमा पहिलो पटक ‘गहतराज सञ्जाल कप’ आयोजना गर्ने भएको छ । गहतराज सञ्जालको दोस्रो बार्षिक उत्सवको अवसमार राजधानी समन्वयन समितिले स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद भन्ने प्रथम गहतराज सञ्जाल कपको आयोजना गर्न लागेको हो । सञ्जालले आगामी चैत १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुमा संचालन गर्ने जानकारि दिनुभयो । गहतराज सञ्जाल कप अन्तर्गत अन्तर बिश्वकर्मा व्याडमिन्टन प्रतियोगिता गरिने बताइएको छ । उक्त खेल आगामि चैत १२ गतेदेखि मनमैजु स्थित फोर जी हलमा सुरु गरिने आयोजक टिमले बताउनुभयो । जसमा व्याडमिन्टन खेल पुरुष डबल, पुरुष सिङगल, मिक्स डबल हुने आयोजकले जनाएको छ । पुरुष डबल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस विधा तर्फको टिम दर्ता शुल्क २ हजार तोकिएको छ । पुरुष सिङ्गाल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश ६ हजार, ४ हजार र २ हजार सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस विधा तर्फको इन्ट्री शुल्क १ हजार तोकिएको छ ।

त्यस्तै मिक्स डबल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश ६ हजार ४ हजार २ हजार सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस विधा तर्फको इन्ट्री शुल्क १५ यस तोकिएको छ । सो खेलको उद्घाटन समारोह चैत्र १२ गते विहान ११ बजे हुने बताइएको छ । खेलाडीहरुले चैत्र १० गते विहान १० बजे सम्ममा नाम दर्ता गर्नुपर्ने गहतराज सञ्जाल राजधानी समन्वय समितिले जनाएको छ ।