भेरी अस्पताल विकास समितिका अध्यक्ष डा.सिग्देलद्धारा पदभार ग्रहण

शाख न्यूज    प्रकाशित: २०८३-६-१९ गते   २८७ पटक हेरिएको

 नेपालगन्ज-  भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष डा.लक्ष्मण सिग्देलले आज पदभार ग्रहण गरेका छन् । डा.सिग्देललाई शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेकी थिइन् । पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष डा. सिग्देलले भेरी अस्पतालको विकासका लागि आफ्नो तर्फबाट पूर्ण रूपमा भूमिका निर्वाह गर्ने बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजन पाण्डेले अस्पताल विकास समितिका अध्यक्ष डा.सिग्देलले आजदेखि पदभार ग्रहण गरेको जानकारी दिए । लामो समयदेखि अस्पतालमै कार्यरत रहेका कारण नवनियुक्त अध्यक्ष डा. सिग्देल भेरी अस्पतालका समस्या र चुनौतीबारे जानकार रहेको भन्दै डा.पाण्डेले समस्या समाधानमा उनले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

अस्पताल प्रशासनले औपचारिक कार्यक्रम भने केही दिनपछि आयोजना गर्ने जनाएको छ। उक्त कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. सिग्देलको स्वागत तथा निवर्तमान अध्यक्ष वीरेन्द्रबहादुर शाहको बिदाइ गरिनेछ ।

नवनियुक्त अध्यक्ष डा.सिग्देललाई अस्पताल विकास समितिका सदस्य डक्टप्रसाद धिताल, किरण आचार्य र समीर गुरुङ, अस्पतालका पूर्व मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रकाश थापा, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले स्वागत गरेका थिए।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech