बाढीपीडितका लागि सागर अस्पताल नेपालगन्जद्वारा सहयोग

शाख न्यूज    प्रकाशित: २०८३-५-१५ गते   १७० पटक हेरिएको

नेपालगन्ज - रसुवामा भएको विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपालगन्जस्थित सागर अस्पतालले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत रु १ लाख १ हजार प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको हो । विपद्को कठिन परिस्थितिमा पीडित तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन आफ्नो तर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको अस्पतालका संचालक डा गोपाल सागर डिसीले जानकारी दिए ।

अस्पतालले मानवीय सेवामा आफ्नो साथ र समाजप्रतिको जिम्मेवारीलाई मनन गर्दै विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरेको बताएको छ ।

सागर अस्पतालले विपद्का कारण पीडित बनेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत र पुनर्स्थापनाका लागि गरिएको आफ्नो योगदानले प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास पनि व्यक्त गरेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech