चर्चित मोडल कुन्दन र मोडेल डिलाको म्युजिक भिडियो सार्वजनिक

शाख न्यूज    प्रकाशित: २०७७-७-७ गते   ११७७ पटक हेरिएको

नेपालगन्ज ०७ कार्तिक - बडा दशैंको पावन अवसरमा "यो माया के होला "भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल तथा नायक कुन्दन चन्द र मोडेल डिला बिकको मुख्य भुमिका रहेको यो माया के होलाको म्युजिक भिडियोको छायाङकन कर्णालीको पिटमारी र बाँकेको रमणिय स्थानहरुमा गरिएको छ । चन्दले अहिलेसम्म दर्जन बढि म्युजिक भिडियो र सर्ट फिल्ममा अभियन गरिसकेका छन् भने मोडेल डिलाको पहिलो प्रस्तुती रहेको सुटिङग युनिटले जनाएको छ । यो माया के होला बोलको गितमा शव्द संकलन र प्रस्तुती खेमसारु मगरको रहेको छ भने स्वर चर्चित गायक विशाल निरौला र पुजा परियार को रहेको छ । निर्देशकमा केशव चालिसेले साथ दिनुभएको छ भने एसके भिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यो माया के होला बोलको गित सार्वजनिक भएको चालिसेले बताउनुभयो । यस्तै कलाकारमा नारायण रावत, बिक्रम विक, रेखा बिकले साथ दिएका छन् । यस्तै क्यामरा र छायाङकन सरोज डगौराले गर्नुभएको छ । बाँकेको राप्तिसोनारी गाउँपालिका स्थित फत्तेपुरगाउँमा बि.स. २०५५ सालमा जन्मिएकि डिला बि.क. बहुप्रतिभाले भरिपुर्ण हुनुहुन्छ । कलाकारितामा नै आफ्नो भबिस्य रहेकोले पछिल्लो समय भिडियोमा अभिनय गर्नमा लागिरहनु भएको छ । सफल मोडेलको आशा बोकेकी डिलाले "यो माया के होला" नेपाली  म्युजिक भिडियोमा समेत दमदार अभिनय गरिसक्नु भएको छ । मोडलिङ क्षेत्रमा आफुलाइ चिनाउनका लागि जस्तोसुकै दु:ख मेहनत गर्ने बताउनुभयो । डिलाले भन्नुहुन्छ - लोभ देखाउने मान्छेहरुको पछाडी नलाग्ने र आफ्नो कला आफु नै प्रस्तुत गर्ने अनि भविष्यमा सफल बन्ने बताउनुभयो । उहाँले विभिन्न मेला महोत्सव तथा कार्यक्रमहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आउनु भएको छ । मोडलिङको भिडमा आफूलाई स्थापित गराउन कलाकारितामा आफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडि बढ्दै मोडेलले आफ्नो लक्ष्यमा पुग्नका  दिनरात मेहनत गर्ने बताउनुभयो । नृत्य र अभिनयमा पोख्त डिला सुन्दर र आकर्षक पनि छन् । उनले मिहिनेतका साथ अभिनयलाई अझै उत्कृष्ट बनाएर मोडलिङ क्षेत्रमा स्थापित हुन चाहन्छु भन्नुभयो । कलाकारिता क्षेत्रमा कोही रहरले र कोही बाध्यताले आउने गरेका हुन्छन् । त्यस्तै कोही सफल कलाकार बन्ने सपना बोकेर कला क्षेत्रमा आउछन् त कोही लोकप्रिय हुन का लागि आउछन् । उहाँले भन्नुभयो - जुनसुकै क्षेत्रमा प्रवेश गरेपनि मेहनत, अनुशासन, लगनशील, इमानदारिता जस्ता गुणहरु हुनुपर्छ  तथा निरन्तरता दिन सक्यो भने मात्र भबिस्यमा सफलता प्राप्त गर्न सकिन्छ ।

म्युजिक भिडियोमा अभिनय गर्नका लागि घर परिवार बाट महत्त्वपूर्ण सहयोग सल्लाह सुझाव मिलेको हुनाले आफुलाई म्युजिक भिडियोमा अभिनय गर्नका साथै कला क्षेत्रमा अगाडी बढ्न सजिलो भएको अभिव्यक्ति दिनुभयो । आफुमा कला तथा प्रतिभा छ भने पछि हट्नु हुदैन सधैं मेहनत र इमानदारीले अगाडी बढ्नु पर्छ भन्ने भाव डिलामा छ । "यो माया के होला" बोलको नेपाली  म्युजिक भिडियोमा जिवन्त अभिनयले कलाकारिता क्षेत्रमा मोडेलको रुपमा  छुट्टै पहिचान बनाउन खोज्नु भएको छ । सानै उमेर देखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने डिला अभिनयमा पनि आफुलाई अब्बल दर्जामा स्थापित गर्न निरन्तर लागिरहनु भएको छ । समय अनुसार काम गर्नु पर्छ समयले जे जे सिकाउछ त्यो अनुरुप अगाडि बढ्नुपर्छ, समय संगै भिडियोमा राम्रो तथा  फरक अभिनय गर्न सकियो भने चर्चामा आउन धेरै समय नलाग्ने डिलाले बताउनुभयो । लोकप्रिय तथा सफल कलाकार बन्ने सपना आफ्नो डिलाले बताउनुभयो । कलाक्षेत्रमा आउनको लागि पारिवारिक प्रेरणा समेत सकारात्मक पाएको जानकारी दिनुभयो । बाल्यकालमा म्युजिक बज्दा आफ्नो टाउको कम्मर  हल्लाउने नाच्ने जस्तो स्वाभाब देखाउदा म संग पनि केहि कला छ है भन्ने देखेर मेरो कलालाई अगाडी बढाउनको लागि घर परिवारले साथ् दिनुभएको थियो । संगीतमय बातावरणमा हुर्केको हुनाले बिद्यालयमा नृत्य प्रतियोगिता हुँदा उत्कृष्ट हुने भएकाले आफुलाइ झन बढी हौसला प्राप्त तथा पुरुष्कार समेत पाएको डिलाले भन्नुभयो । साथै चर्चित र लोकप्रिय बन्नुमा नजर अन्दाज डिलाले कहाँसम्म जादा संस्कृति हुन्छ र कहाँसम्मको दुरी नाघ्दा विकृति हुन्छ भन्ने कुरालाई मध्यनजर गरिसकेको जानकारी दिनुभयो । कलाकारिता सबैको साझा चौतारी हो, सबैले माया गर्नुपर्छ सबैको साथ सहयोग पाए एकदिन अवस्य सफलता मिल्छ । कसैले पनि सबैकुरा पहिले नै सिकेर आएको हुदैन विस्तारै सबैकुरा अगाडि बढाउदै सिक्दै जानुपर्छ । वास्तवमा हुन त काँडाको बीचमा गुलाव र हिलोमा फुलेको कमलको सामु मानव जीवन अर्को एउटा ज्वलन्त उदाहरण  हो । आफ्नो परिवारको माया र साथ पाउदा खुशी छु  भन्नुभयो । दर्शक तथा समिक्षकहरु माझ आफुलाई परिचित गराउन  निरन्तर कडा मेहनत, परिश्रम गरिरहेकी छिन् । जस्ले गर्दा सफलताको शिखरमा पुग्न सक्ने दृढ आत्मविश्वासका साथ अगाडी बढिरहेको उहाँले भन्नुभयो । प्रतिस्पर्धात्मक युग भएकाले जस्तोसुकै समस्या सिर्जना भएपनि आफु कलाकारिता क्षेत्रमा लागिरहने दाबी गर्नुभयो ।
त्यसैले बाल्यकालको सपनालाई पुरा गर्नका लागि जस्तोसुकै बाधा ब्यवधानको सामना गर्दै अगाडि लम्किरहने छु साथै कलाकारिता क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्नकालागि निरन्तर अगाडि बढिरहने बताउनुभयो । यद्यपि उहाँलाई कला क्षेत्रमा काम गर्नका लागि घर परिवार , चलचित्र तथा म्युजिक भिडियो निर्देशक केशव चालिसे, कलाकार कुन्दन चन्द, लगायत दिदी भिनाजुलाई धन्यवाद दिन चाहन्छु भन्नुभयो ।
उहाँमा सफल कलाकार बन्ने धोको छ । जीवन सँघर्षमय र समय परिवर्तनशिल छ । हरेक कुराले साथ दिनु पर्छ भबिस्यमा यहि कला क्षेत्रकै उत्कृष्ट मोडेल बन्ने सपना पनि रहेको छ । हाम्रो टिमको तर्फबाट उहाँ द्वारा अभिनित म्युजिक भिडियोले सफलताको छडी पार गरुन्  साथै आउने दिनहरुको शुभकामना दिन चाहन्छौं ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech