भेरी अस्पतालबाट पुनः नियमित रूपमा सिटी स्क्यान सेवा संचालन

शाख न्यूज    प्रकाशित: २०८३-४-१८ गते   ११६ पटक हेरिएको

नेपालगन्ज - आवश्यक मर्मत भएसँगै भेरी अस्पतालबाट नियमित रूपमा सिटी स्क्यान सेवा उपलब्ध हुन थालेको छ ।  लामो समयदेखि बिग्रिएर अवरुद्ध रहेको भेरी अस्पतालको सिटी स्क्यान (CT Scan) सेवा मर्मत भएपछि आजदेखि पुनः सञ्चालनमा आएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार प्राविधिक समस्याका कारण लामो समयदेखि सेवा बन्द हुँदा बिरामीलाई निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर परीक्षण गराउनुपर्ने बाध्यता थियो । 

सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएपछि बाँके, बर्दिया, सुर्खेत, दाङ लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आउने बिरामीले सहज र सुलभ रूपमा सेवा पाउने छन् । यसबाट आर्थिक रूपमा कमजोर बिरामीलाई विशेष राहत पुग्ने अपेक्षा गरिएको छ ।

डा.दर्नालले सेवा नियमित र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक व्यवस्थापनलाई थप सुदृढ बनाइने बताए । साथै, स्वास्थ्य उपकरणहरूको नियमित मर्मत तथा निगरानीलाई पनि प्राथमिकतामा राखिने उनको भनाइ छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech