मन्त्रालयले जारी गरेको कर्मचारी आचारसंहिता - २०८३ भेरी अस्पताल नेपालगन्जद्वारा कार्यान्वयन

शाख न्यूज    प्रकाशित: २०८३-३-१८ गते   २६९ पटक हेरिएको

नेपालगन्ज - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको कर्मचारी आचारसंहिता २०८३ लाई भेरी अस्पताल नेपालगन्जले कार्यान्वयन सुरु गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.नवीन दर्नालका अनुसार मन्त्रालयले जारी गरेको कर्मचारी आचारसंहितालाई कडाईका साथ कार्यान्वयनमा ल्याइएको छ । त्यसका लागि अस्पतालले डा.विवेक कुमार महतोको नेतृत्वमा गुनासो सुन्ने समिति नै बनाएको छ ।  

अस्पतालको सेवा प्रवाह लगायतका विषयमा आउने गुनासोहरुलाई समयमै सम्वोधन गर्न गुनासो सुन्ने समिति नै बनाइएको डा.दर्नाल बताउँछन् । उनले भने-भेरी अस्पतालमा कार्यरत कुनै पनि कर्मचारीले प्रचलित आचारसंहिताको पालना नगरेको, सेवाप्रवाहमा लापरवाही गरेको वा सम्मानजनक व्यवहार नगरेको महसुस भएमा, गुनासो सुन्ने अधिकारी समक्ष आफ्नो गुनासो दर्ता गर्न सक्नु हुन्छ । ती समस्याको गुनासो सुन्ने अधिकारीबाटै तत्काल समाधान खोजिने छ ।'

उनले गुनासोको निष्पक्ष, गोपनीयता कायम गर्दै प्रचलित कानुनबमोजिम सुनुवाइ गरिने पनि बताए । गुनासो सुन्नका लागि ९८५८०१२०१२ नम्वरमा सम्पर्क गर्न सकिने उनले बताए । प्रमुख मेडिकल सुपरिन्डेन्डेन्ट डा.दर्नालले भने-'मन्त्रालयले जारी गरेको आचारसंहिता पालना गर्न कर्मचारीलाई कडाईका साथ लागु गरिएको छ । आचारसंहिता पालना नगर्ने कर्मचारीबारे गुनासो सुन्ने अधिकारीलाई गुनासो गर्न अनुरोध गर्दछु ।' मन्त्रालयले ११ बुँदे कर्मचारी आचारसंहिता जारी गरेको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech