पेट तथा कलेजो रोगको केयर सिटीमा आधुनिक उपचार: डा. रेग्मीद्वारा नियमित सेवा

शाख न्यूज    प्रकाशित: २०८३-२-८ गते   ४१४ पटक हेरिएको


प्रेम सिंह 

बाँके - पछिल्लो समय पश्चिम नेपालको स्वास्थ्य क्षेत्रले ठुलो फड्को मारिरहेको छ। जटिल स्वास्थ्य समस्याको उपचारका लागि राजधानी काठमाडौँ वा छिमेकी मुलुक भारतका महँगा अस्पताल धाउनुपर्ने बाध्यता अब कम हुँदै गएको छ। कुनै पनि स्वास्थ्य संस्थाको गुणस्तर त्यहाँ कार्यरत जनशक्तिको दक्षता र अनुभवमा निर्भर गर्दछ।

नेपालगन्जस्थित केयर सिटी अस्पतालले पेट, आन्द्रा, कलेजो तथा पित्तथैली (GI & Hepatobiliary) सम्बन्धी जटिल रोगहरूको  उपचार सेवालाई थप अत्याधुनिक बनाएको छ । बिरामीलाई कम दुखाइ र छिटो निको हुने वातावरण मिलाउन केयर सिटी अस्पतालले अत्याधुनिक उपकरणहरू प्रयोगमा ल्याएको छ । 

नेपालगन्ज र आसपासका क्षेत्रका बिरामीहरूलाई मल्टिस्पेशालिटी सेवा दिँदै आएको यस अस्पतालमा कन्सल्टेन्ट जी.आई. तथा हेपाटोबिलियरी सर्जन डा. सुदिप रेग्मीको नेतृत्वमा जटिल प्रकृतिका शल्यक्रिया निरन्तर र सफलतापूर्वक सम्पन्न भइरहेका छन् ।

अन्तर्राष्ट्रिय अनुभव र उच्च प्राज्ञिक पृष्ठभूमि भएका तथा बिरामीको भरोसा जित्न सफल डा. रेग्मीसँग चिकित्सा क्षेत्रको उच्च तहको अन्तर्राष्ट्रिय अध्ययन र कार्यअनुभव समेत रहेको छ । डा. रेग्मीले सन् २०१० मा धरानबाट आफ्नो प्रारम्भिक चिकित्सा शिक्षा (MBBS) पूरा गरेका थिए । त्यसपश्चात् उनले भारतको ख्यातिप्राप्त चिकित्सा संस्था एम्स (AIIMS), नयाँ दिल्लीबाट जनरल सर्जरीमा एमएस (MS) को तालिम समेत प्राप्त गरेका छन्  ।

पेट र कलेजोको शल्यक्रियामा थप विशिष्टता हासिल गर्न उनले आरएमएल (RML) अस्पताल, लखनऊबाट तीन वर्षे ग्यास्ट्रो सर्जरीको विशेष प्रशिक्षण समेत लिएका छन् । नेपाल फर्कनुअघि उनले भारतकै बीआरडी (BRD) मेडिकल कलेजमा असिस्टेन्ट प्रोफेसरका रूपमा कार्य गर्दै नयाँ चिकित्सकहरूलाई अध्यापन गराउनुका साथै चिकित्सकीय सेवा प्रदान गर्दै आएका थिए ।

डा. रेग्मीको नेतृत्वमा अस्पतालले दूरबिन प्रविधि (Laparoscopy) र आवश्यकता अनुसार परम्परागत चिरा लगाएर (Open Surgery) गरिने दुवै प्रकारका जटिल शल्यक्रियाहरू निरन्तर सञ्चालन गरिरहेको छ ।कलेजो मुनि रहने पित्तथैली र पित्तको मुख्य नलि (CBD) मा बस्ने जटिल पत्थरीको पूर्ण व्यवस्थापन सहित  प्यानक्रियाटाइटिस र यस प्रणालीमा आउने गम्भीर गाँठागुँठीहरूको आधुनिक शल्यक्रियाका साथै सानो र ठुलो आन्द्रामा मासु पलाउने (ट्युमर) समस्या र क्यान्सर जस्ता घातक रोगहरूको समयमै शल्यक्रियात्मक निदान र स्थायी उपचार भइरहेको डा. रेग्मीले जानकारी दिएका छन् ।

प्रतिष्ठित चिकित्सा संस्थाहरूमा काम गरिसकेका ग्यास्ट्रो सर्जन डा. रेग्मीले केयर सिटी अस्पतालमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म नियमित चेकजाँचका साथै परामर्श  दिइरहेका छन् । पेट निरन्तर दुख्ने, जन्डिस बल्झिरहने, पाचन प्रणालीमा गडबडी तथा पेटभित्र कतै मासु पलाएको शंका लागेका बिरामीहरूले सिधै अस्पताल प्रशासनमा सम्पर्क गरी विशेषज्ञ परामर्श लिन सक्ने अस्पतालले जनाएको छ । बिरामीहरूको सहजतालाई मध्यनजर गर्दै अस्पतालले ओपिडी (OPD) समयलाई निकै लचिलो र फराकिलो बनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech