कंचनपुर २२ असोज - कंचनपुर बेदकोट नगरपालिका ६ मुसेपानी बस्ने बर्ष १४का नवीन बडु घरमा जानकारी नगराई हराउनु भएको छ । गहुँ गोरो, ४ फिट ५ इन्च उचाई , पातलो शरीर भएको तथा रातो टिसर्ट कालो पाइन्ट लगाएको पारिवारिक श्रोतले बिहिवार शाख न्युज डटकम लाई जानकारी दिनुभएको हो । बडु २०७७ साल असोज २१ गते बुधबार देखि हराइरहेको हुँदा फेला पार्नु हुने ब्यक्तिले नजिकैको प्रहरी कार्यालय वा ९८४८७४४४६४/९८६८८५९५५२/९८१२७०९१०८ मा सम्पर्क गरि सहयोग गरिदिनका लागि अपिल गर्नु भएको छ ।