नेपालगन्ज - आईतवार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चलचित्र लालीबजार कुनै पनि अवस्थामा संचालनमा ल्याउन नदिने चेतावनी वादी समुदायले दिएका छन् । चलचित्र लाली बजार पुर्ण बन्द र लालीबजार चलचित्रका निर्माता, निर्देशकलाई कारवाही हुनु पर्ने माग राख्दै बाँके जिल्लाका वादी समुदायका अगुवा, नेतृत्वकर्ता र सामाजिक अभियान्ताले माग गरेका छन् ।

राष्ट्रिय वादी संजाल नेपाल केन्द्रीय अध्यक्ष केशव नेपालीले चलचित्रले आफ्नो समुदाय र महिलाहरुको ईज्जतको खिल्ली उडाएको, कानुनको बर्खालाप गरेको र कुनै समुदायलाई सामाजिक, मानसिक र शारिरिक अपमान गरेको उल्लेख गरेका छन् । लाली बजार निर्माता, निर्देशकले माफी मागेर चलचित्र बन्द गर्नु पर्ने नत्र आफुहरु कानुनी कारवाहिसहित आन्दोलन गर्ने ।
लुम्बिनी प्रदेश सभा सदस्य शुशिला वादीले चलचित्रको पुर्ण प्रतिबन्द र कलाकारहरूलाई कारवाहि हुनुपर्ने बताइन् । चलचित्रले वादी समुदायको सृजना, कला, सस्कृति, पहिचान, संघर्ष र ईतिहास कुल्चेर चरित्र हत्या गर्ने उद्वत भएकोले चलचित्र हल संचालक र सम्पुर्ण दर्शकहरुलाई समेत चलचित्र लालीबजार बहिष्कार गर्न आग्रह गरेकी हुन ।
वादी अगुवाद्धारा नेपाली चलचित्र लाली बजार प्रतिबन्ध र निर्माता निर्देशकलाई कारवाहीको माग गर्दै पत्रकार सम्मेलन गरेका हुन् । उच्च अदालतबाट न्याय नपाए सर्वोच्च अदालतसम्म जाने चेतावनी समेत दिएका छन् । चलचित्र लालीबजार विरुद्ध वादी समुदायका अगुवाले उच्च अदालत पाटनमा बन्द गर्न मागसहित रिट हालेका छन् ।
वादी नेतृ बसन्ती नेपाली, राष्ट्रिय वादी संजाल सदस्य कल्पना नेपाली, दलित महिला संघ बाँके सचिव एकता नेपाली, सेफ नेपाल अध्यक्ष अभिषेक नेपाली, बादी महिला अगुवा मञ्जु नेपाली, वादी अगुवा प्रकाश नेपाली लगायतले लाली बजार चलचित्रको बिरोध र प्रतिबन्धको माग गरेका छन् ।