शैक्षिक क्षेत्र तथा शिक्षाकर्मीहरुका मागलाई प्राथमिकतामा राखेर काम गर्ने - इस्तियाक राई

शाख न्यूज    प्रकाशित: २०८२-११-९ गते   ५३५ पटक हेरिएको

नेपालगन्ज ९ फागुन - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले तीव्रताका  साथ घरदैलो कार्यक्रम, मतदाताहरु संग प्रत्यक्ष भेटघाटका साथै अन्तरक्रिया कार्यक्रम गर्दै आएका छन् । 

उनले शनिबार नेपालगन्जमा प्राध्यापकहरूसँग अन्तरक्रिया गरेका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै गुणस्तरीय शिक्षा प्रदानका लागि  शैक्षिक क्षेत्र तथा शिक्षाकर्मीहरुका मागलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

त्यसैगरी, शनिबार बिहान नेपालगन्ज  उपमहानगरपालिका–१ अन्तर्गत चन्द्रनाथ टोल, दीप ज्योति टोल र पिपल चौतारा टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो कार्यक्रम पनि सञ्चालन गरिएको छ।

घरदैलो तथा छलफल कार्यक्रममा उम्मेदवार राईले शिक्षा, रोजगारी, विकास र सुशासनका विषयलाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धता प्रस्तुत गरेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech