जनताका समस्या समाधान तथा विकासका सम्भावनाबारे खुला संवाद गर्दै उम्मेदवार राई

शाख न्यूज    प्रकाशित: २०८२-११-४ गते   २१० पटक हेरिएको

नेपालगन्ज -  आसन्न फागुन २१ मा हुने  प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार पुर्वमन्त्री मोहम्मद इस्तियाक राई मतदाता भेटघाट कार्यक्रममा निरन्तर लागिरहेका छन् । 

यसैबीच उनले  नेपालगञ्ज वडा नम्बर २० थपुवामा मतदाता भेटघाट कार्यक्रम गर्दै चुनावी औपचारिकताभन्दा बाहिर निस्कँदै उनले टोल–टोलमा पुगेर जनताका कुरा सुन्ने, बुझ्ने र समाधानका सम्भावनाबारे खुला संवाद गरिरहेका छन्  ।

थपुवामा भएको भेटघाटका कार्यक्रममा राईले सडक- बाटो, खानेपानी, सिँचाइ, शिक्षा, कृषि, मलखाद्य, रोजगारी र सुकुम्बासी समस्या समधान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
 
"उम्मेदवार राईले हामीसँग बसेर कुरा गर्नुहुन्छ, हतारिनुहुन्न," मतदाताले भावुक हुँदै भने  । खोजमूलक रूपमा हेर्दा, थपुवामा राईको सरल बोली, धैर्यपूर्वक सुन्ने बानी र प्रश्नबाट नभाग्ने शैलीले स्थानीयहरू खुलेर बोल्न थालेका छन् ।

निरन्तर घरदैलो, प्रत्यक्ष संवाद र व्यवहारमै प्रतिबद्धता देखाउन सकेकै कारण राईप्रति भरोसा बढ्दै गएको स्थानीयहरू बताउँछन् । थपुवामा भएको यो भेटघाटले थपुवा क्षेत्रमा मात्र होइन, यस क्षेत्रको समग्र चुनावी चित्रमा समेत प्रभाव पार्ने देखिन्छ । 

जनताको आवाज सुन्ने र साथमै हिँड्ने नेताको खोजीमा रहेका मतदाताका लागि इस्तियाक राई ‘आफ्नै बीचको उम्मेदवार’ का रूपमा स्थापित हुँदै गएका छन्  ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech