पोखरामा सम्पन्न २०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गढवाकी छात्रा तेस्रो

शाख न्यूज    प्रकाशित: २०८२-११-३ गते   ५६४ पटक हेरिएको

आलोक भावुक 
दाङ ३ फागुन -  माघ २ गते पोखरा मा सम्पन्न सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गतको ५ किलोमिटर दौड प्रतियोगितामा गढवा गाउँपालिका वडा नं. ३ स्थित सरस्वती माध्यमिक विद्यालय, विद्यानगर गोबरडिहाकी छात्रा अरुणिमा चौधरी तेस्रो हुन सफल भएकी छन्।

उक्त प्रतियोगितामा देशभरबाट २ हजारभन्दा बढी धावकको सहभागिता रहेको थियो। चिप्स टाइम (Chip Time) का आधारमा उत्कृष्ट प्रदर्शन गर्दै चौधरीले तेस्रो स्थान हासिल गरेकी हुन्।

छात्रा चौधरीको उपलब्धिप्रति विद्यालय परिवारले खुशी व्यक्त गर्दै आगामी दिनमा थप प्रगतिको कामना सहित हार्दिक बधाई ज्ञापन गरेको छ। साथै प्रतियोगितामा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तिहरूप्रति विद्यालयले धन्यवाद व्यक्त गरेको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech