दाङ - दाङको राप्ती गाउँपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिकका लागि सूचना, तथ्यांक प्रमाणिकरण तथा प्रारम्भिक योजना सम्बन्धी छलफल कार्यक्रम बुधबार सम्पन्न भएको छ।
राप्ती गाउँपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिक गर्ने उद्देश्यले ९ वटै वडामा गई संकलन गरिएको तथ्यांकलाई प्रमाणिकरण गर्दै आगामी कार्यदिशा तय गर्ने विषयमा छलफल गरिएको हो।
सि.डि.एम. नेपालको आयोजनामा, राप्ती गाउँपालिकाको समन्वय तथा युनिसेफको सहयोगमा सम्पन्न कार्यक्रममा विपद् जोखिम, जलवायु परिवर्तनका असर, स्थानीय आवश्यकताका आधारमा अपनाउनुपर्ने रणनीति तथा योजनाबारे छलफल गरिएको थियो।