बाँके - राप्ती सोनारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल हाजिर भएका छन् । सुर्खेतको चिङगाड गाउँपालिकामा कार्यरत खराललाई राप्ती सोनारी गाउँपालिका बाँकेमा सरुवा गरिएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खराललाई स्वागत गरिएको छ । नियमित सरुवा प्रक्रिया अनुसार पदस्थापन भएका खराललाई गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष मनिषा सिंह थारुको अध्यक्षतामा परिचयात्मक कार्यक्रममार्फत स्वागत गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खराललाई जेन - जि आन्दोलन पछि पालिकाको बस्तु स्थिति, गाउँपालिकाको संरचना, चलिरहेको विकास गतिविधि, सेवा प्रवाहको अवस्था तथा आगामी कार्ययोजना बारे जानकारी गराइएको थियो ।
कार्यवाहक अध्यक्ष थारुले प्रमुख प्रशासकीय अधिकृतको आगमनले गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन, सुशासन र सेवा प्रवाह अझ प्रभावकारी र चुस्तदुरुस्त हुने विश्वास व्यक्त गरेकी थिइन् ।
अधिकृत उपाध्यायले पनि सहकार्य, पारदर्शिता र नागरिक–मैत्री सेवालाई प्राथमिकता दिई कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा अधिकृत खराललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।