प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा के.सि. (नमुना) ले बाँके-१ बाट गराइन् उम्मेदवारी दर्ता

शाख न्यूज    प्रकाशित: २०८२-१०-७ गते   ९१७ पटक हेरिएको

बाँके - भ्रष्टाचारमुक्त, सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीकी तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णा के.सी. (नमुना)ले बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर -१ बाट औपचारिक रूपमा मनोनयन दर्ता गराएकी हुन।

विद्यार्थी जीवनकालदेखि नै आफ्नो र आफ्नो परिवारको भविष्य भन्दा माथि सर्वहारा मजदुर किसान हरूको आवश्यकतालाई प्राथमिकतामा राखेर निरन्तर रुपमा एउटा साहसिक महिला नेत्रीको रुपमा आफूलाई परिचित गराएकी छिन् ।

कृष्णा केसी (नमुना) को नेतृत्व अब केवल सरकारी योजनाको नाममा सीमित छैन, त्यो नेतृत्व विकास, समावेशीता, धर्मनिरपेक्षता, पारदर्शिता र जनमुखी दृष्टिकोणको मूर्त उदाहरण बनिसकेको छ। उनी केवल बजेट कार्यान्वयनको नेतृ होइनन्, उनी योजनाको दीर्घकालीन प्रभावमा विश्वास राख्ने यथार्थवादी नेतृ हुन्।

बाँकेको उज्यालो अब भाषणको विषय होइन, यथार्थको अनुभूति हो। स्वास्थ्य, शिक्षा, धार्मिक सद्भाव, सुरक्षा र वातावरणमैत्री जीवनशैलीतर्फ समेत उल्लेखनीय परिवर्तनका साथै भाषणभन्दा कामलाई प्राथमिकता दिने उनको शैलीले योजनालाई जनजीवनसँग गाँसिएको प्रभावकारी अभियानमा रूपान्तरण गर्न सदैव अग्रपंक्तिमा रहेर भुमिका निर्वाह गर्दै आएकी थिइन्।

मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो।  उम्मेदवार के.सी.ले लोकतन्त्र समावेशी विकास र जनताको हक–हितका लागि आफू प्रतिबद्ध रहेको बताइन्। उनले आगामी निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीको एकल खुलेको आँखा चिन्हमा मतदान गरी सहयोग गर्न मतदातासमक्ष आग्रह गरिन्।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech