बाँकेको कम्दिमा पुनः तस्करी मौलाउदै

शाख न्यूज    प्रकाशित: २०७७-६-८ गते   ५७४ पटक हेरिएको

बाँके ८  असोज -  बाँकेको डुडुवास्थित  कम्दी नाकाबाट फेरि तस्करहरुको अराजकता  सुरु भएको छ । कम्दी नाकाबाट दैनिक रूपमा तस्कर हरुले विभिन्न किसिमका बस्तुहरु ओसारपसार गर्दै आइरहेका थिए  । जस्लाइ प्रहरी नायब निरीक्षक सुरेन्द्र कुमार पन्तको टोलिले समाप्त गर्दै आउनुभएको थियो । उहाँको कार्य प्रगतिलाई मध्यनजर गरेर
कम्दी मै हुदा बाँके जिल्ला प्रहरी कार्यालयद्वारा सम्मान गरिएको थियो । सो नाकामा उहाँले विभिन्न प्रकारका तस्कर हरुलाइ समाप्त पार्दै आउनुभएको थियो । तर बिडम्बना त्यहा केही तस्कर हरुले उहाँको सरुवा भएको मौकाको फाइदा उठाउदै आइरहेका छन् । प्रहरी नायब निरीक्षक पन्तले तस्कर हरुका विभिन्न किसिमका अबैध बस्तुहरुको ओसारपसारलाई नियन्त्रण गर्दै आउनु भएको थियो ।  उहाँले सो नाकामा ६ महिनाको कार्यकाल समेत बिताउनु भएको थियो जस्ले गर्दा तस्कर हरुलाई हम्मे हम्मे भएको थियो । स्थानीयका अनुसार उहाँको सरुवाको लागि षड्यन्त्र गरि भएको बताउनु भयो ।
सरुवा भएको केही दिन नबित्दै तस्करहरु केराउ जस्ता बस्तुहरुको तस्करी गर्न सफल भइरहेका छन यस्ता तस्करहरुलाई पूर्णतवरले बन्द गर्नका लागि स्थानीयवासीहरुले जोड दिएका छन् । तस्करहरुले लामो समयसम्म केराउ तस्करी गर्न पाएका थिएनन । डुडुवाको कम्दीमा भण्डारण गरिएको  केराउ तस्करी गरिएको  छ । यसरी उक्त नाकाबाट केराउको तस्करी भएको जानकारी पाँउदा पनि चुप लागेर बस्नुमा सुरक्षा निकायको कमजोरी भएको स्थानीयले औंल्याएका छन् । सोही स्थानबाट हाल नयाँ प्रहरी इन्चार्ज आउनासाथ तस्करहरुले रातीको समयमा केराउ बाहिर समेत पठाएको स्थानीयवासिले जानकारी दिनुभयो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech