प्रेम सिंह
नेपालगन्ज - जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्ष ०८२/०८३ मंसिर महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी चौकीबाट मंसिर महिनामा गरिएका प्रगति विवरण सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसिको नेतृत्वमा सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सुरक्षामा कडाइका साथै जिल्लामा सुरक्षालाई थप सुदृढ बनाउँदै अपराध नियन्त्रण, मानव सुरक्षा तथा जनविश्वास अभिवृद्धिमा निरन्तर सक्रियता बढाउँदै गएको सरोकारवालाले बताएका छन्।
अपराध अनुसन्धान तथा नियन्त्रण अन्तर्गत १ सय ७१ वटा दर्ता भएका मुद्दा मध्ये जघन्य तथा गम्भीर अपराध १० वटा/५६ वटा रहेका थिए भने ४६ वटा मुद्दा सामान्य अपराध सम्बन्धि रहेको उल्लेख गरेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ वटा मुद्दामा ८ जना पक्राउका साथै ४१ वटा आर्थिक अपराधका घटना दर्ता भएको थियो ।
यसका साथै १ सय ३९ वटा चालु मुद्दाका प्रतिवादी पक्राउ का साथै सार्वजनिक चासो रहेका पेण्डिङ्ग १४ वटा मुद्दाको सफल अनुसन्धान समेत गरिएको थियो । सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दा दर्ता नभएको उल्लेख गरेका छन् ।
फैसला कार्यान्वयनमा ४७ जना पक्राउ ३४ बर्ष ८ महिना १६ दिन कैद सजाय सहित ४० लाख ३५ हजार ३ सय ८८ बराबरको बिगो रकम / क्षतिपुर्ति असुल उपर गरिएको जनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक १ सय १६ वटा मुद्दामा ७८ फछ्यौट भएको र ३८ वटा फछर्योट हुन बाँकी रहेको छ ।
पिडित तथा पिडकको उमेर समुहको आधारमा१८-२५ उमेर समुहका ३७ जना, २६-३९ उमेर समुहका ७९ जना रहेका थिए। ४० जना महिला र पुरुष ०७ जना हराएको उजुरी आएको थियो जसमध्ये महिला २३ जना र पुरुष ०४ जना फेला पारी सम्बन्धित परिवारलाई बुझाइएको जानकारी दिएका छन् । उनले भने १७ जना महिला र ३ जना पुरुषहरुको खोजी कार्य तीब्रताका साथ अगाडि बढाइएको छ ।
यसैगरी घरेलु हिंसाका ५९ वटा मुद्दा मिलापत्र गराई ३३ वटा मुद्दा अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रत्यक्ष रुपमा ४ सय १२ वटा उजुरीहरु मध्ये २ सय २३ फछर्योट गरि ३ वटा सम्बन्धित निकायमा पठाईको थियो भने १ सय ८६ वटा फछर्यौट हुन बाँकी रहेको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरी कार्यालयमा आएका ८ वटा उजुरीहरु मध्ये २ वटा फछर्योट गरिएको थियो भने ६ वटा फरछयौट हुन बाँकी रहेको छ । त्यसैगरि ब्राउन सुगर १ सय ६६ ग्राम ४ सय१० मिलि ग्राम, ड्रामाडोल १ हजार १ सय क्याप्सुल, नाइट्रा जेपाम ३५ ट्याप्लेट र कोरेक्स ३ सय मिलि लिटर परिमाण लगायतका लागू औषध बरामद गरिएको थियो । आत्महत्या सम्बन्धि ११ वटा घटना मध्ये ९ वटा झुन्डिएर र २ वटाले विष सेवन गरेर आत्महत्या गरेको पुष्टि भएको जानकारी दिएका छन् ।
अपराध तथा अनुसन्धानका क्रममा बैजनाथ गाउँपालिकामा रहेको देउराली हरियाली सामुदायिक बनको खोल्सामा राखी माथिबाट बोरा, सिसिका बोतल र अन्य झारपात समेतले छोपीएको लास फेला पारि अभियुक्त नारायण परियारलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान जारी भइरहेको उल्लेख गरेका छन् ।
अपराध न्यूनिकरणका लागि विद्यालय तथा समुदायमा गरिएका ६५ वटा सचेतनामुलक कार्यक्रममा १ हजार ४ सय १४ जना र १ हजार ४ सय जना पुरुष लाभान्वित भएका छन् ।
अवैधं पशुपंक्षीहरूको चोरी पैठारी नियन्त्रण अन्तर्गत ५ सय ८५ वटा चल्ला, २४ किलो ग्राम माछा सहित र नियन्त्रणमा लिइएको १ वटा सवारी साधन सम्बन्धित निकायमा पठाइएको थियो । विभिन्न समयमा समुदाय तथा विद्यालय केन्द्रित सचेतनामूलक ६५ वटा कार्यक्रमवाट २ हजार ८ सय १४ जना लाभान्वित भएका थिए त्यसैअनुरूप विद्यालय सचेतनामूलक २३ वटा कार्यक्रममा ४ सय ४५ जना बालक र ८ सय ४५ जना बालिका गरि १ हजार २ सय ९० जना विद्यार्थी लाभान्वित भएका थिए ।
प्रहरी कर्मचारीहरूको मनोबल वृद्धिका लागि आयोजित कार्यक्रममा प्रशिक्षण लगायत, मानसिक शान्ती तथा खुशीयाली जिवनको लागि मेडिटेसनमा ४० जना प्र.क. लाभान्वित भएका थिए । सहित नवप्रवर्धनात्मक तथा रचनात्मक क्रियाकलापहरूका साथै प्रहरी आचरण सम्बन्धी प्रशिक्षण, प्रहरी कर्मचारी तथा हिरासत कक्षमा रहेका थुनुवाको स्वास्थ परीक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।
बाँकेको कोहलपुर नगरपालीका वडा नं. ११ स्थित नगरपालिकाको सभाहलमा भएको सार्वजनिक/नागरिक सुनुवाइ कार्यक्रममा ८५ जनाको सहभागिता रहेको थियो । नागरिकता, हतियार नवीकरण तथा अन्य कागजात सम्बन्धि कार्य सम्पादन गरिएको छ । सेवाग्राहीहरूको कुल संख्या नागरिक सहायता कक्षवाट ३ हजार ४ सय ६९ लाई सेवा प्रदान गरिएको जनाएका छन् ।
उठेका उल्लेखनीय विषयहरू CCTV थप जडान, ट्राफिक प्रहरीको चेकिङ्ग स्थान परिवर्तनका साथै सीमान्तकृत, अल्पसंख्यक र पिछडिएका वर्ग लक्षित ३ वटा कार्यक्रममा ७० जनाको सहभागिताको सहभागिता रहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षकर दिपक पातलीले जानकारी दिएका छन् ।
सवारी दुर्घटनाको कारण तिव्र गति ,चालकको लापरवाही, यान्त्रिक कारणका साथै मा.प.से. का कारण सवारी दुर्घटनाले १ सय १ वटा दुर्घटना, १ सय ५५ वटा सवारी साधन भएको थियो । दुर्घटनामा परि ४ जनाको मृत्यु भएको थियो भने १ सय ४२ जना घाइते भएका थिए । सवारी चेकजाँचका क्रममा २ हजार ३ सय ७ सवारी साधनलाई कार्वाही गरि १९ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको थियो ।
नेपालगंज उ.म.न.पा. २ स्थित न्युरोडको पश्चिमतर्फ रहेको फुट्सल नजिक खालि मैदानमा बेवारिसे अवस्थामा रहेको Petri Brata 7.65 mm pistol थान १, पेस्तोलमा लाग्ने गोली थान २ र म्याग्जिन थान १ फेला पारी बरामद गरिएको थियो ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा
४३ लाख ९८ हजार ८ सय २५ रुपैयाँ बराबर पर्ने अबैध सामाग्री सहित ८ जना र १ वटा सवारी नियन्त्रणमा लिइएको थियो । विपद् व्यवस्थापनका ४ वटा शिर्षकमा २० लाख ३० हजार बराबरको क्षेती भएको थियो भने ५२ जना प्रहरी परिचालित गरिएको उल्लेख गरेका छन् । प्राकृतिक सम्पदा दोहन नियन्त्रणमा २९ वटा सवारी साधन बरामदका साथै १ लाख ७७ हजार रुपैयाँ जरिवाना तोकि कार्वाही समेत गरिएको थियो ।
अनुचित लेनदेन नियन्त्रणमा सफलता प्राप्त गर्दै शान्ति सुरक्षा तथा प्रहरी कार्य अन्तर्गत नियमित प्रहरी परिचालन तथ्याङ्क अनुसार एक महिनामा ९ सय २८ पटक पिकेट, २ हजार ३ सय ७८ वटा ग्रामीण गस्ती (SRP), ३ सय ७७ पटक चेकिङ्गका साथै २ वटा ग्रामीण गस्ती (LRP) गरिएको थियो ।