निजि तथा प्राइभेट स्वास्थ्य सँस्था दर्ता तथा नविकरण अनिवार्य

शाख न्यूज    प्रकाशित: २०८२-८-२७ गते   ३२९ पटक हेरिएको

नेपालगन्ज - स्वास्थ्य कार्यालय बाँकेले जिल्लामा संचालनमा रहेको निजि तथा प्राइभेट स्वास्थ्य सँस्था दर्ता तथा नविकरणको लागी सूचना प्रकाशित गरेको छ ।

स्वास्थ्य कार्यालयमा बाँकेका दर्ता हुनुपर्ने पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, डेन्टल क्लिनिक, फिजियोथेरापी सेवा दर्ता र नविकरण नभएको भएमा अब दर्ता तथा नविकरण गरि मात्र संचालन गरि सेवा प्रदान गर्नुपर्ने छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य सँस्था सन्चालन नविकरण, स्तरोन्नती ऐन २०७६ र नियमावली २०७७/२०८० बमोजिम प्रदेश तथा संघमा दर्ता हुनुपर्ने १५ बेड भन्दा माथिका अस्पतालहरुको सिफारिश पनि स्वास्थ्य कार्यालयबाट हुने हुँदा मापदण्ड पुर्याइ संघ/प्रदेशमा सिफारिश गर्नुपर्ने भएमा सो सेवा लिन समेत स्वास्थ्य कार्यालय, बाँकेले सूचनामा उल्लख गरी सुचना प्रकाशित गरेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech