गुलरिया बर्दियामा कान शिविर सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८२-८-२३ गते   १०४ पटक हेरिएको

नेपालगन्जः बर्दियाको गुलरिया नगरपालिकाका विभिन्न वडामा निःशुल्क प्राथमिक कान उपचार शिविर सुरु सम्पन्न भएको छ ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र फुल्टेका–५, नेपालगन्ज बाँकेको आयोजना र गुलरिया नगरपालिकाको समन्वयमा १५ गतेदेखि सुरु भएको शिविर मंगलवार सकिएको केन्द्रका आउटरिज इन्चार्ज भिषण थारुले जानकारी दिए 

शिविरमा ७८४ जनाले सेवा लिएका छन् । त्यसमा ३१७ जना पुरुष र ४६७ जना महिला छन् । कान अपरेशनका लागि ५७ जना छनौट गरिएको पनि उनले जानकारी दिए । ३२ जनालाई श्रवण यन्त्र प्रयोग गर्नका लागि सिफारिस गरिएको छ ।

१५६ जनामा कान पाक्ने र ६७ जनामा कानेगुठी भरिएको पाइएको पनि उनले बताए । कान पाक्ने समस्या भएकाहरुलाई निःशुल्क औषधि दिइएको थियो ।

उक्त शिविरमा आउटरिच इन्चार्ज समेत रहेका वरिष्ठ कान सहायक चिकित्सक थारुसँगै वरिष्ठ कान सहायक चिकित्सक सिता चौधरी, दामोदर चौधरी र तिर्थमान चौधरीले कान चेकजाँच गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech