डुडुवामा उर्ष मेलाको आयोजना

मेलालाई व्यवस्थित र सभ्य बनाउनका लागि वडा अध्यक्ष सगिर खाँकाे नेतृत्वमा २१ सदस्यीय मेला संचालन समिति गठन गरिएको छ ।

शाख न्यूज    प्रकाशित: २०८२-८-७ गते   ३०३ पटक हेरिएको

नेपालगन्ज - बाँकेकाे डुडुवा गाउँपालिकामा वडा नम्बर ५ मा रहेकाे हजरत बाबा कम्मर शाह दरगाह सरिफमा लाग्ने ‘उर्ष मेला’ लाई व्यवस्थित र सभ्य बनाउन विभिन्न निर्णय गरिएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष सगिर खाँ र ५ नम्बरका वडाअध्यक्ष झंक बहादुर थापालगायत स्थानीयकाे उपस्थितिमा बसेकाे भेलाले मेलालाई व्यवस्थित र भव्य बनाउन विभिन्न निर्णय गरिएकाे हाे ।

भेलाले वडा अध्यक्ष सगिर खाँकाे नेतृत्वमा २१ सदस्यीय मेला संचालन समिति गठन गरेकाे छ । समितिकाे उपाध्यक्षमा ईसराईल खाँ, सचिवमा राजेश कुमार बर्मा, सहसचिवमा पदम बाेहाेरा, काेषाध्यक्षमा गंगा सागर यादव, जलील अस्मद अन्सारी, जाहिर यादव, भोला गुप्ता, गरिबे नाउँ, निसार अलि शेष, प्रहलाद लाेनिया, कैयुम नाउँ, बिजय यादव, रवि सोनकर, निरज सोनकर, अब्दुल लतिप खाँ, संबिर खाँ, नजिर खाँ, अब्दुल फर्मान खाँ, माेहम्मद फरिदुल हक, सद्दन राई समेत रहेका छन् ।

यस्तै सांस्कृतिक समिति संयाेजकमा वडा नम्बर ५ का वडा अध्यक्ष झंक बहादुर थापा, सदस्यहरूमा राजन शर्मा, समीर बिक, अब्दुल फर्मान खाँ र अनिता बिकसहित गठन गरिएको छ ।

यसैगरी गंगा प्रसाद यादवकाे संयाेजकत्वमा काशीराम यादव, सूर्यलाल यादव, सईद खाँ र पदम बाेहाेरा सदस्यसहितकाे आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।

फकिर माेहम्मद साहकाे संयाेजकत्वमा, प्रहलाद लाेनिया, भाेला गुप्ता, अतिउल्ला खाँ र फिराेज खाँ सदस्यसहित सरसफाइ व्यवस्थापन समिति गठन गरिएकाे आर्थिक समिति सदस्य सईद खाँले जानकारी दिएका छन् ।

जलील अहमद अन्सारीकाे संयाेजकत्वमा गरिबे नाउँ, अब्दुल फर्मान, जाहिर यादव, भाेला गुप्ता, मनाेज लाेनिया, संबिर खाँ, निषार अलि शेष र कैयूम नाउँ सदस्यसहित बजार व्यवस्थापन समिति गठन गरिएको छ । यही मंसिर २३, २४, २५ र २६ गते मेला संचालन हुने भएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech