बाँके १ असोज - बाँकेको खजुरा स्थित ए गाउँ बस्ने १९ वर्षिय सागर वि क माथि साउन ८ गते साझ ५ बजे सांघातिक आक्रमण भएको थियो । दलित सागर माथि आक्रमण गर्नेलाई बाँके प्रहरीले पक्राउ गर्न नसकेको हुनाले पीडित परिवारको सुरक्षा निकाय प्रति बिश्वासको दुरि कम हुदै गएको बताउनुभएको छ । बुधबार खजुराको ए गाउँस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले गुनासो व्यक्त गरेका छन । खजुरामा दलित सागर माथी सांघातिक आक्रमण भयो । पीडितले किटानी जाहेरी दिदा पनि सुरक्षा निकाय मौन बसेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सागरकी आमा चन्द्रादेवि विक का अनुसार छोरालाई धनीमानी तथा माथिल्लो जातका ७ जना युवाहरू मिलेर मरणासन्न हुनेगरी आक्रमण गर्ने विरुद्ध किटानी जाहेरी दियौं । जाहेरी दिएको दुई महिना बित्दासम्म प्रहरीको ढिला सुस्ती तथा दोषीलाई समात्न समेत कुनै चासो नदेखाएकाले उनीहरु खुलेयाम हिडिरहेका छन । मेरो छोराको उपचार गर्दागर्दै ऋण समेत लागेको जानकारि दिनुभयो ।
चन्द्रादेविका अनुसार ‘हामीलाई न्याय दिनु पर्ने ठाउँमा झन हाम्रो आवाजको सुनुवाई समेत नभएपछि पत्रकार सम्मेलन गरिएको हो भन्नुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण ऋण लिएर छोराको उपचार गर्दागर्दै १० लाख खर्च भइसकेको छ तर पनि छोराको स्वास्थ्यमा सुधार आएको छैन । चिकित्सकका अनुसार अझ थप रकम खर्च हुनेछ जानकारी दिनुभएको छ ।
फुटबल स्टेडियम शुक्र भलिबल खजुरामा स्थानीयले घरेलु हातहतियार सहित सांघातिक आक्रमण गरेका थिए । सो आक्रमणमा परि सागरको दाहिने हात, दाहिने खुट्टा काटिएकोछ । ढाडका विभिन्न भागमा गहिरो घाउचोट पनि लागेको छ ।
निर्दोष भाइमाथि आक्रमण गर्नेलाई प्रहरीले कानुनी उपचार नगरि रहेको हुनाले हामीले न्याय कसरी पाउने पीडित सागरका दाई राजु विक ले भन्नुभयो । यसरी खुलेआम हतियार लिएर भाइलाई रक्ताम्य तथा मरणासन्न हुनेगरी आक्रमण भयो तर पनि प्रशासनले न्यायको लागि आवाज उठाउन सकेको छैन , जस्ले गर्दा आक्रमणकारी लाई संरक्षण दिइरहेको गुनासो व्यक्त गर्नु भयो । भाइलाइ उपचारका लागि नेपालगन्ज हुदै काठमाण्डौंको ग्राण्डि अस्पतालसम्म पुर्याइयो । उपचारकै क्रममा हामीलाई ऋण समेत लागेको छ । उता प्रहरीले अपराधीलाई पक्रन सकेको छ नत उपचारमा लाग्ने खर्च पनि दिलाउन समेत सकेको छैन सागरका दाइ राजुले भन्नुभयो ।
सम्मेलनमा उहाँले भन्नुभयो सांघातिक आक्रमणमा परेका भाइको दाहिने हात काम नलाग्ने भयो । जसोतसो भाइको ज्यान बचाउन सफल भयौं, तर पनि हामीलाई न्याय चाहियो , घटना लगत्तै किटानी जाहेरी दिए पनि प्रहरीले पक्रेकालाई त्यसै छाडिदियो । यस्तो अवस्थामा हामीले कसरी न्यायको अनुभूति गर्ने । उपचार गर्दा लागेको ऋण कसरि फिर्ता गर्ने त्यसैले जतिसक्दो छिटो न्यायको लागि पहल गरिदिन र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गर्नुभएको छ ।
पीडित सागर विकलाई स्थानीय सौरभ खत्री, सुनील गिरी, कुसल गिरी, सन्देश सिंह ठकुरी, सौगात मल्ल, समीर ठकुरी र उज्वल शाहीले सांघातिक आक्रमण गरेको पीडित परिवारले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । घटना लगत्तै सबै प्रक्रिया पुरा गर्दा पनि अपराधीलाई पक्राउ गर्न बाँके प्रहरी असफल भएको पीडित परिवारले गुनासो व्यक्त गर्नु भयो ।