कंचनपुर २१ कार्तिक - भीमदत्त नगरपालिका वडा नं . १९ बागफाँटामा निर्माण भएको नमुना सामुदायिक विद्यालयको चार कोठाको भवनको उद्धघाटन भएको छ ।
संघीय सरकार र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनमा विद्यालय भवन निर्माण भएको प्रद्यानाध्यापक प्रमानन्द नाथले जानकारी दिएका छन् । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीद्वारा भवनको शुक्रबार उद्घाटन गरिएको हो ।


उद्घाटन कार्यक्रममा भवन निर्माणसंगै दैनिक पठन पाठनमा सहजका साथै विद्यालय दरबन्दी थपदेखि आवश्यक कम भएका विद्यालय मर्ज गरिने प्रधानाध्यापक नाथले बताएका छन् । सामुदायिक विद्यालयका शैक्षिक सुधारका लागि जनशक्तिदेखि भौतिक सरचना प्रर्याप्त भए शिक्षण कृयाकलापमा सहजता आउने, त्यसबाट शैक्षिक गुणस्तर सुधार हुने प्र.अ. नाथले बताएका छन् ।
.jpg)
कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले विद्यालयको सुधार बारे चर्चा गर्दै भौतिक बृद्धि विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

एक लाख बराबरको अक्षयकोष निर्माण गर्दै विद्यालयको भौतिक बृद्धि विकासका साथै विद्यालयको बहुउद्देश्यीय हल निर्माणमा सहयोग गर्ने उपप्रमुख निलम लेखकले जानकारी दिएकी हुन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले विद्यालयको बृद्धि विकास जनशक्ति भैतिक सहयोग शैक्षिक सुधारका कार्यक्रम बृद्धि गर्दै गरिरहेकाले सामुदायिक बिद्यालय प्रति अभिभावक, विद्यार्थीको आकर्षण बढ्दै गएको जानकारी दिएका छन् ।
उक्त चार कोठे भवनको २०८१ चैत २१ गते शिलान्यास गरिएको भवनको उद्धघाटन कार्यक्रममा भीमदत्त नगरपालिका - १९ का वडाध्यक्ष जागुराम चौधरी जनप्रतिनिधी, अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी, समाजसेवी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।