भेरी अस्पताल प्रशासनद्वारा फार्मेसीका दुई जना कर्मचारी निलम्वन

शाख न्यूज    प्रकाशित: २०८२-५-३ गते   ४८७ पटक हेरिएको

नेपालगन्ज - भेरी अस्पताल प्रशासनले फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्वन गरेको छ ।

वीमामा आवद्ध भएका एक जना बिरामीबाट औषधि वाफतको रकम क्यासमा रिर्टन गरेको पाइएपछि दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्वन गरेर स्पष्टिकरण सोधिएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले बताए ।

एक जनालाई शुक्रबार र अर्कोलाई मंगलबार निलम्वन गरिएको हो । उनीहरुमाथि आन्तरिक अनुसन्धान भइरहेको डा.सुवेदीले बताए । उनीहरुले दिने स्पष्टिकरणका आधारमा कारवाही प्रक्रिया अगाडि बढ्ने पनि उनले बताए ।

अस्पताल फार्मेसीलाई व्यवस्थित बनाउनका निमित्त अनुगमनलाई समेत सघन बनाएको अस्पताल प्रशासनले त्यहीक्रममा फार्मेसी काउन्टरका ती कर्मचारीको वदमासी भेटिएको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech